काठमाडौं १ असोज
राजधानी काठमाण्डौमा अब तपाईलाई धुलो वा धुवाँले असर गर्यो भने सरकारलाइ निशुल्क उपचार गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेपछि सरकारले सबै स्थानीय तहलाई धुलो व्यवस्थापन गर्न निर्देशन गरेको छ ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सबै स्थानीय तहलाई पत्र काट्दै तत्कालिन गर्नुपर्ने कार्यहरु र दिर्घकालिन रुपमा गर्नुपर्ने कार्यहरु र प्रदूषण नियन्त्रणका लागि अन्य उपायहरु अवलम्बन गर्न निर्देशन दिएको छ ।
मन्त्रालयले तत्कालिन गर्नुपर्ने कार्यहरुमा धुलो व्यवस्थापन, सवारी साधनबाट निस्कने धुँवा व्यवस्थापन लगायत छन् ।
यसअघि धुलो, धुँवा, वायु प्रदूषण र फोहोरका कारण मानव स्वास्थ्य जोखिममा परेको निष्कर्षसहित सर्वोच्च अदालतले रोकथामका लागि तत्काल सार्वजनिक निर्माण विभाग गठन गरी कदम चाल्न सरकारलाई परमादेश दिएको थियाे । सरकारी निकायले प्रदूषण नियन्त्रणका लागि तत्काल र दीर्घकालीन रूपमा गर्नुपर्ने कामको सूची नै तोकेर सर्वोच्चबाट परमादेश जारी भएको थियाे ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।