चैत्र २२ – घर बनाउन राखेको झ्यालढोकाको विषयमा विवाद हुँदा जिल्ला वन कार्यालय रौतहटमा एमाओवादीका कार्यकर्ताले तोडफोड गरेका छन्।

बिहीबार बिहान एमाओवादीका स्थानीय नेता तथा कार्यकर्ताहरुले वन कार्यालयमा तोडफोडका साथै आगजनी गरेपछि प्रहरीले ११ राउन्ड हवाई फायर समेत गरेको छ।

प्रहरीका अनुसार सन्तपुर मटिऔन गाविसबाट बरामद गरेको झ्यालढोकाको पुरानो काठको विरोधमा एकीकृत नेकपा माओवादीका कार्यकर्ताहरुले जिल्ला वन कार्यालय रौतहटमा नाराबाजी गरी चौतारामा आगजनी गरेका हुन्।

यता माओवादी कार्यकर्ताले भने तस्करहरुसँग मिलेर वन कार्यालयका प्रमुखले नै टेण्डरमा अनियमितता गरेको भन्दै धर्नामा बसेको भेला वन रक्षकले गोली चलाएपछि प्रतिरोधमा उत्रिएको बताएका छन्।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।