प्रचण्ड रोल्पा जाने भएपछि विप्लव समूहद्धारा थवाङ गाउँपालिका अध्यक्षको अपहरण, प्रहरीद्धारा खोजी जारी

काठमाडौं ३० भदौ
थवाङ 
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शनिबार थवाङ गाउँसभाको उद्घाटनमा जाने भएपछि थवाङ गाउँपालिका अध्यक्ष बीरबहादुर घर्ती ‘वियोग’ लाई अपहरण गरिएको छ ।
पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्ड जनयुद्धको उद्गमस्थल थवाङमा जाने सम्पूर्ण तयारी पूरा भएको बेला गाउँपालिका प्रमुखको बिहीबार राति अपहरण भएको हो । थवाङमा २०४६ पछि पहिलो पटक निर्वाचनमा मतदान भएर जनप्रतिनिधि माओवादी केन्द्रका तर्फबाट घर्ती निर्वाचित बनेका थिए ।
बिहीबार राती शौच गर्न घरबाहिर निस्किएका घर्तीलाई १०–१२ जनाको नकावधारी समूहले अपहरण गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले नेक्र विक्रम चन्द समूहले अपहरण गरेको प्रारम्भिक सूचना आएको जनाएको छ ।

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।