काठमाडौं ३० भदौ
थवाङ 
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शनिबार थवाङ गाउँसभाको उद्घाटनमा जाने भएपछि थवाङ गाउँपालिका अध्यक्ष बीरबहादुर घर्ती ‘वियोग’ लाई अपहरण गरिएको छ ।
पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्ड जनयुद्धको उद्गमस्थल थवाङमा जाने सम्पूर्ण तयारी पूरा भएको बेला गाउँपालिका प्रमुखको बिहीबार राति अपहरण भएको हो । थवाङमा २०४६ पछि पहिलो पटक निर्वाचनमा मतदान भएर जनप्रतिनिधि माओवादी केन्द्रका तर्फबाट घर्ती निर्वाचित बनेका थिए ।
बिहीबार राती शौच गर्न घरबाहिर निस्किएका घर्तीलाई १०–१२ जनाको नकावधारी समूहले अपहरण गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले नेक्र विक्रम चन्द समूहले अपहरण गरेको प्रारम्भिक सूचना आएको जनाएको छ ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।