फागुन २५ – प्रधानमन्त्री बाबुराम भट्टाराईले आफूलाई बद्‍नाम गराउन विभिन्न कु–प्रचार गरिएर्को कु प्रचारलाई चिर्न १२ वटा तर्कसहित प्रतिवाद गरेका छन् ।

आफ्ना सहयोगी विश्वदीप पाण्डे मार्फत प्रेस नोट सार्वजनिक गरी कु प्रचारको प्रतिवाद स्वरुप उनले विभिन्न १२ वटा आरोपको खण्डन गर्ने प्रयास गरेका हुन् ।

जहाँ भन्दै नभनेको तथा गर्दै नगरेको कामको आरोप लगाएर आफूलाई बद्‍नाम गराउन गोयवल्स शैलीमा विभिन्न कु–प्रचार गरिएको समेत भनेका छन् ।
हेरौँ उनैका तर्कहरुः
बद्‍नाम गराउन गोयवल्स शैलीमा गरिएका १२ वटा कु-प्रचार

१) दुवै छिमेकी देशहरुको तीव्र आर्थिक विकासको गतिसंग हामीले पनि विकासको गतिको कदम मिलाउन नसक्ने हो भने छिमेकको विकासको वाढीले हाम्रो देशको अर्थतन्त्र ‘सवमर्ज’ हुन सक्छ भन्ने भनाईलाई वंग्याएर देशको नै ‘मर्ज’ हुन्छ भनेर निरन्तर कु-प्रचार गरियो ।

२) देशको ‘साचो अन्तै रहेछ’ भन्ने कपोकल्पित भनाई आविस्कार गरी प्र.म.बाबुराम भट्टराईको देशभक्तिमाथि प्रश्न उठाउन खोजियो । जवकि प्र.म.ले त्यसो भनेको भन्ने आजसम्म कुनै तथ्यप्रमाण कसैले पेश गर्न सकेको छैन ।

३) त्रिभुवन विमानस्थलको स्तरोन्नति र सुदृढीकरण गर्ने योजनालाई विमानस्थल भारतलाई बुझाउन खोजेको भन्दै कपोकल्पित प्रचार गरियो । स्तर बृद्धिका लागि कुनै बिदेशी कम्पनीको लगानि भित्रयाउनु र एयरपोर्ट नै जिम्मा लगाउनु नितान्त फरक कुरा हुन भन्ने जान्दा जान्दै गोयवल्स शैलीमा तथ्य लुकाउन र भ्रम छर्न खोजियो ।

४) ‘यमी फाउण्डेसनलाई तीन करोड सरकारले दिएको’ भन्दै मित्थ्या प्रचार गरियो । जवकि यमि फाउण्डेसन भन्ने संस्थानै छैन र मन्त्रिपरिषद्ले त्यो नाम गरेको फाउण्डेसनलाई एक पैसा पनि दिएको छैन ।

५) प्रधानमन्त्रीपत्नीको अगुवाइमा वालाजुको २२ धारा उद्यान मासियो भनियो । जवकि त्यहा विधिसम्मत ढंगले र स्थानीय वासिन्दा सवैको सहमतिमा यो सरकार बन्नुभन्दा अघि नै वैकल्पिक बाटो खोलिएको थियो ।

६) नातेदारहरुलाई विभिन्न पदमा नियुक्ति गरियो भन्ने प्रचार भयो । अझ केयूकेएलमा प्रा.तिमीला यमीलाई नियुक्ति दिएको भन्नै प्रचार भयो जवकि उहाा ५ बर्ष पहिलानै केयूकेएलमा हुनुहुन्थ्यो र वरिष्ठताका आधारमा साधारणसभा गर्ने प्रयोजनकालागि केयूकेएल ले नै वहांलाई कार्यवाहक प्रमुख वनाएको थियो ।

७) सहमतिको प्रधानमन्त्रीको लागि सुशिल कोइरालालाई प्रचण्डले माने पनि बावुराम भट्टराईले स्विकार नगरी सरकार लम्वाउन खोजेको भन्ने प्रचार गरियो । जव कि त्यस्तो कुनै सहमतिनै भएको थिएन र त्यो दुष्प्रचारको हावा आफै फुस्कियो ।

८) प्रधानमन्त्रीले गत जेठमा संबिधानसभा बचाउन म्याद थप्न खोज्दा अदालतको अपहेलनाको मुद्दा खेप्नुपर्‍यो । तर संविधानसभा बचाउन खोज्नेलाई नै उल्टो संविधानसभा भंग गराएको भन्दै धुंवाधार प्रचार गरियो ।

९) त्रिशुलि-३ ‘ए’ जलविद्युत योजनाको क्षमता बढाएर कमिसान खान खोजेको भन्दै दुष्प्रचार गरियो, तरक्षमता बढाउादा सस्तो र सुगम विजुली मार्फत् मुलुकलाई धेरै फाइदा हुने तथ्यलाई लुकाउन खोजियो ।

१०) मन्त्रालयलाई वाइपास गरेर सेनालाई खुशि पार्न हेलिकप्टर ल्याउन लागेको भन्ने प्रचार गरियो, तर हेलिकोप्टर किन्ने समितिमा रक्षा, अर्थ, नागरिक उड्डयन आदि मन्त्रालय रहेको तथ्य लुकाउन खोजियो ।

११) वाादरमुढे घटनाका पिडितलाई सरकारले रु.६० लाख शान्ति मन्त्रालय मार्फत् द्वन्द पिडितलाई विशेष राहत प्याकेजको कार्यक्रम अन्तर्गत मन्त्रालयको प्रक्रियामा दिइसक्दा पनि नदिएको भन्दै पार्टी र अध्यक्ष साग अन्तरविरोध पार्ने किसिमवाट प्रचार गरियो ।

१२). ‘गड्यौला दिन नसकेर केशव स्थापितलाई हटाइयो’ भन्ने प्रचार गरियो । जवकि स्थापितले सम्वन्धित निकायहरुसंग समन्वय गरेर काम गर्न नसकेका कारण विधिवत स्पष्टीकरण सोधेर, छानविन गरेर चित्तबुझ्दो जवाफ नआएपछि प्रकृयासम्मत ढंगले उनलाई बिदा गरिएको थियो ।

विश्वदीप पाण्डे

२०६९ फागुन २५

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।