बलिउडमा नायिका पिंयंकाको चर्चा पछिल्लो समय निक्कै चुलिएको छ । यतिसम्म उनले एक आइटम डान्स गरे बराबर दुई करोड आठ लाख रकम लिएको खुल्न आएको छ ।

प्रियंका निर्देशक संजय गुप्ताको फिल्म ‘शूटआउट एक बडाला’मा आइटम नम्बरको साथमा देखिने छिन् ।

यस फिल्मको बबली बदमाश बोलको आइटममा प्रियंका रहेकी छिन् । एकता कपूरको लगानीमा बनेको यस फिल्मको आइटम डान्सको लागि प्रियंका निकै उत्साहित छिन् । लामो समयदेखि एकतासँग काम गर्न चाहेकी प्रियंका यस भन्दा अगाडि आइटममा खासै उत्साहित थिइनन् ।

जब एकताको आइटमको अफर आयो तब प्रियंकाले यो मौकालाई उम्कन भने दिइनन् । यो फिल्म एक मे देखि रिलिज हुनेछ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।