फागुन २५ – गत वर्ष लिइएको शिक्षाशास्त्र संकाय तर्फ तीन बर्षे स्नातक तह विएड प्रथमको परीक्षामा २३ दशमलव २ प्रतिशत उत्तीर्ण भएका छन् ।

२०६८ सालमा सञ्चालित बिएड प्रथम वर्षको परीक्षाको नतिजा आज त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुले सार्वजनिक गरेको हो ।

उक्त परीक्षामा सहभागी १ लाख ८ हजार ९ सय ४५ जना विद्यार्थी सहभागी भएको मध्ये २३ दशमलव २ प्रतिशत परीक्षार्थी उत्तिर्ण भएको पनिकाले जनाएको छ ।

यसअघि केही दिन अघि त्रिभुवन विश्व विद्यालय मानविकी संकाय तर्फ प्रथम वर्षको परीक्षाफल प्रकाशित भएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।