फागुन २४ – रुपन्देहीको पडसरी गाविस गंगापुरका एक पुरुषले आफ्नै श्रीमतीलाई खुर्पाले काटेर छोराछोरीका अगाडी हत्या गरेका छन् ।
स्थानिय बिरेन्द्र पासीले ३१ बर्षिय सुशिला पासीलाई हत्या गरेको प्रहरीले जनाएको छ ।
श्रीमान बिरेन्द्र पासी आफनै श्रीमति परपुरुषसँग सम्बन्ध राखेको भन्दै हत्या गरेको प्रहरी समक्ष बताएका छन् ।
शुसिला पासवानकी कान्छी श्रीमति हुन् । हत्याका प्रतक्षदर्शि ९ बर्षिय छोरी पुस्पादेबी र ७ बर्षिय छोरा संदिपले आमाको हत्या आफनौ आगाडी गरेको बताएका छन् ।
पासीका छिमेकि कृष्ण भन्डारीले राति शुसिलाले गुहार मागेपछि घरमा पुग्दा बिरेन्द्रले हत्या गरि ढोकामा धारिलो हतियार लिएर बसेको संञ्चारकर्मीलाई बताए ।
सुशिलाको शवलाई पोस्ट मार्टमको लागी भैरहबा भिमअस्पतालमा पठाएको जिल्ला प्रहरी कार्यलय रुपन्देहीका एसपी हरिबहादुर पालले बताए ।
।