फागुन १८ – मुखमा पानी समेत नराखी भ्रष्टाचारीलाई कार्वाही हुनुपर्ने माग राखेर अनसनमा बसेकी शारदा भुसाल झाको स्वास्थ्य अवस्था झन् झन् बिग्रदै गएको छ ।

८ दिनदेखि अनसनमा बसेकी शारदा भुसाल झाले भ्रष्टाचारीलाई कार्वाही नगरेको भन्दै मुखमा पानी समेत हालेकी छैनन् ।
उनी अहिले उठ्न र हिँडडूल गर्न मात्र होइन, बोल्न समेत नसक्ने अवस्थामा पुगेपछि सम्बन्धित पक्ष भने अझै मौन बसेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्राङ्गणमै अनसन सुरु गर्दा प्रहरीले हस्तक्षेप गरेपछि उनी रत्नपार्कमा अनसन बसेकी हुन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।