कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीशले प्रधान्यायाधीशको मर्यादा गुमाएको बताएका छन् ।

बारको आज बसेको आकस्मिक बैठकले प्रधान्यायाधीश खिलराज रेग्मीले इजलासमा बस्ने नैतिक अधिकार गुमाएको निष्कर्ष निकालेका हुन् ।

बैठकले चार दलको प्रस्ताव स्वीकार गरेसँगै हिजोकै मितिबाट उनले न्याय सम्पादन गर्ने नैतिक अधिकार गुमाएको ठहर समेत गरेको छ ।

अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा विज्ञप्ति निकाल्ने र सञ्चार माध्यमलाई अन्तरवार्ता दिएर रेग्मीले मुद्दामा प्रभाव पारेको पनि बारको ठहर छ ।

विचाराधिन मुद्दालाई असर पार्ने गरी सर्वोच्चबाटै विज्ञप्ति आउनु स्वयंम सर्वोच्चले अदालतको मानहानी भएको समेत बारले ठहर गरेको छ ।

बैठकपछि बार एसोसिएसनले जारी गरेको विज्ञप्ति तल हेर्नुहोस:


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।