यौन प्रेमको उत्कर्ष रूप हो। जब तपाईं प्रेममा वशिभूत हुनुहुन्छ, त्यतिबेला तपाईंले दिने  भनेको यौन नै हो, किनभने यो प्राकृतिक छ। मानिसले प्रेम मापन गर्दा उसले के-के उपहार  दियो, कति समय उसको प्रशंसा गरेर बितायो भनेर गणना गर्छन्। हाम्रा हजुरबुवाहरूले  आफ्नी प्रियतमलाई कहिल्यै उपहार दिएनन् तर साह्रै माया  गरे। यौन प्रेम अभिव्यक्त गर्ने  उच्चतम कला हो।

राजबल्लभ कोइराला, नायक

यो व्यक्तिगत सोचमा भर पर्ने कुरा हो। समाजमा कतिपय मानिस यौनका लागि प्रेम गर्छन्  भने कतिपय प्रेमका लागि यौन। पैसा तिरेर यौन आवश्यकता पूर्ति गर्नेहरू पनि उत्तिकै छन्।  प्रेमबिना पनि यौन आवश्यकता पूरा गर्नेहरू बढिरहेका बेला प्रेममा यौन अनिवार्य नै छ  भन्न गाह्रो पर्छ।

कोमल वली, गायिका

आखिर प्रेम नै यौनको पर्यायवाची शब्द हो। श्रीमती होस् अथवा प्रेमिका आखिर प्रेमबाटै  यौनको सन्तुष्टि सम्भव छ। प्रेम र यौन नभए संसारको कल्पनासमेत गर्न सकिँदैन।

यम बराल, गायक

प्रेम अनन्त छ तर यौन क्षणिक… प्रेममा यौनको भूमिका कस्तो हुन्छ भन्ने कुरा यो  भनाइबाट सहजै अनुमान लगाउन सकिन्छ !

पूजना स्त्री, नायिका

प्रेमका पनि प्रकार हुन्छन्। साँचो प्रेममा यौन प्राथमिकतामा आउँदैन। यौनअघिको र पछिको  प्रेम फरक हुन्छ। प्रेमलाई अझ दिगो र प्रगाढ बनाउन यौनको भूमिका महत्वपूर्ण हुन्छ, तर  यौनकै लागि मात्र गरिने प्रेम भने क्षणिक हुन्छ। सबैभन्दा महत्वपूर्ण कुरा के हो भने प्रेमले  यौन दिलाउन सक्छ तर यौनले प्रेम दिन सक्दैन।

बाबु बोगटी, गायक/नायक

अहिलेको समयमा प्रेम र यौनको सम्बन्ध ज्यादै गहिरो छ। आधुनिक पुस्ताका युवा-युवतीहरू  प्रेम र यौनलाई नङ र मासुझैं मान्छन्। मेरो विचारमा प्रेम र यौन एक-अर्काबिना अधुरोझैं  लाग्छन्, मानौं सुवासबिनाको फूलजस्तो… यो प्रकृतिको उपहार पनि हो, तर यसमा विकृति  आयो भने जीवन नष्ट पनि हुन सक्छ।

कला सुब्बा, आरजे/मोडल

यदि दुई जनाले साँचो प्रेम गरेका छन् र मन मिल्छ भने यौनको भूमिका धेरै हुन्छ। यौनले  प्रेम अझ बढ्छ जस्तो लाग्छ।

सुनिलसिंह ठकुरी, गायक

यो कुरा प्रेमीहरूमा भर पर्ने कुरा हो। कसैले यौनबिनाको प्रेम कल्पना पनि गर्न सक्दैनन्  अनि कसैले एउटा आकर्षणका रूपमा लिएका हुन्छन्। सही रूपमा हेर्ने हो भने यौनले प्रे मलाई प्रगाढ बनाउने कामचाहिँ अवश्य गर्छ। भनिन्छ, प्रेमीलाई सम्झँदा आनन्द आउँछ। प्रे मलाई सँगै पाउँदा आनन्द आउँछ अनि त्यही प्रेमीको अथवा प्रेमीसँग यौन सम्बन्ध सहज  रुपमा भयो भने परमानन्द आउँछ।

गजित विष्ट, नायक

प्रेममा यौन अनिवार्य छ, किनभने यसले सम्बन्धलाई दिगो बनाउँछ। यद्यपि, यौन भन्ने कुरा  प्रेम गरेपछि मात्र अनुभव गर्न सकिने विषय हो। सम्बन्धमा जहिले पनि यौनभन्दा अघि प्रेम  नै आउनुपर्छ।

रेजिना उप्रेती, नायिका

साँचो प्रेम हो भने यौनले त्यसलाई अझ प्रगाढ बनाउन सक्छ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।