मेषः मेष राशि भएका व्यक्तिहरू धेरैजसो सिंह राशिप्रति आकषिर्त देखिन्छ। यो आकर्षण तत्कालका लागि बढी स्वप्निल हुन्छ। लामो समयका लागि भने मेष राशिको जोडी मकर र कुम्भ राशिसँग सकारात्मक हुन्छ। मेष राशि भएका  व्यक्तिहरूले अन्य राशिलाई पनि मन पराउन सक्छन्, यद्यपि त्यो आकर्षण प्रेमका कारण भन्दा पनि व्यक्तिगत सम्बन्धका आधारमा आकर्षणको अवस्थामा पुगेको हुनसक्छ। जे होस्, मेष राशिका लागि आकर्षणको पहिलो केन्द्र सिंह  राशिसँग हुन्छ भने लामो समयपछि मकर र कुम्भसँग हुन्छ। मेष राशिका व्यक्तिहरूले प्रेम प्रस्ताव राख्दा बिहानको समय रोज्नु उपयुक्त हुन्छ। धेरैजसो युवा बेलुकीपख प्रेम प्रस्ताव राख्छन्। यो मेष राशिका लागि लाभदायक हुँदैन। मेष  राशि सूर्यसँग सम्बन्धित भएकाले सूर्योदयसँगै प्रेम प्रस्ताव राख्नु उपयुक्त हुन्छ। मन्दिरमा पूजा गर्ने निहुँले भेट्नु दुवैका लागि राम्रो हुन्छ। सूर्योदयका बेला दुवैजना आ-आफ्नो घरमा हुने भएकाले त्यही बेला भेट्न असम्भव भएको  अवस्थामा फेसबुक वा अन्य इलेक्ट्रोनिक्स माध्यमबाट प्रपोज गरे पनि हुन्छ। यो राशि भएका व्यक्तिहरूको लेखाइभन्दा बोली बढी प्रभावकारी हुने भएकाले म्यासेजभन्दा बोलीको प्रयोग गर्नु बढी हितकर मानिन्छ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।