माघ २९ – पूर्वी चितवनको भण्डारा–८ लक्ष्मीनारायण चोकमा आज बिहान बसले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको स्थानीय रुटमा चल्ने ग१ख १९७३ नम्बरको मिनीबसले विपरीत दिशातर्फ जाँदै गरेको स्कुटरलाई ठक्कर दिँदा भण्डारा– ९ की २५ वर्षीया विमला पोखरेलको मृत्यु भएको हो ।
Comments







