माघ २९ – पूर्वी चितवनको भण्डारा–८ लक्ष्मीनारायण चोकमा आज बिहान बसले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको स्थानीय रुटमा चल्ने ग१ख १९७३ नम्बरको मिनीबसले विपरीत दिशातर्फ जाँदै गरेको स्कुटरलाई ठक्कर दिँदा भण्डारा– ९ की २५ वर्षीया विमला पोखरेलको मृत्यु भएको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।