‘माओवादीको खेदो खनिन्छ भने त्यसको शशक्त प्रतिरोध हुन्छ’

माघ २८ – नेकपा–माओवादीले दैलेखमा डेकेन्द्र थापाको हत्या अभियोगमा गिरफ्तार गरीएका आफ्ना कार्यकर्ताहरुको निर्शत रिहाईको माग गरेको छ ।
नेकपा माओवादीले आफ्ना कार्यकर्ताहरुको छिटो भन्दा छिटो रिहाई गनुपर्ने माग गर्दै आज राजधानीमा विरोध प्रर्दशन गरेको हो ।

काठमाण्डौको रत्नपार्कस्थीत शान्तिबाटिका बाट विरोध जुलुस सुरु भएर बागवजर पुतलीसडक सहीद गेट न्युरोड हुदै भुगोल पार्कमा पुगेर कोणसभामा परीणत भएको थियो । कोणसभालाई सम्वोधन गर्दै माओवादी नेताहरुले विस्तृत शान्ति संझौता विपरीत जनयुद्धकालिन मुद्धाहरुलाई उचालेर आफ्ना कार्यकर्ताहरुको गिरफ्तारी विरुद्ध र कार्यकर्ताहरुको रिहाइको लागि जोडदार माग गरे । उनीहरुले आफ्ना कार्यकर्ताहरुको रिहाइ नगरीए शशस्त्र आन्दोलन गर्न पनि पछी नपर्ने चेतावनी दिए ।

कोणसभाका माओवादी नेताहरुले युद्धकालिन मुद्धाहरुलाई शान्ति संझौता अनुसार सत्यनिरुपण तथा मेलमिलाप आयोग बनाएर समग्ररुपमा समाधान गर्नुपर्ने बताए । नेताहरुले शान्तिसंझौता विपरीत युद्धकालिन समयका एकाद मुद्धा उठाएर माओवादीको खेदो खनिन्छ भने त्यसको शशक्त प्रतिरोध गर्ने पनि चेतावनी दिए ।

विगत एक महिनाअघी दैलेखमा डेकेन्द्रराजको हत्या अभियोगमा प्रहरीले माओवादीका पाच जना कार्यकर्ताहरुलाई गिरफ्तार गरी कानुनि कारवाहीको लागि अदालतमा मुद्धा दायर गरीएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।