नाइजेरिया – नाइजेरियामा हत्या गरिएका भनिएका चिकित्सकहरु चिनियाँ नभएर कोरियाली रहेको त्यहाँको पुलिसले बताएको छ ।
त्यहाँको तनावग्रस्त उत्तरपूर्वी पोटिस्कुम नगरमा आइतबार बिहानै भएको आक्रमणमा ती चिकित्सकहरुलाई चक्कु बोकेका व्यक्तिहरूले घाँटी काटी हत्या गरिएको थियो ।

स्थानीय वासिन्दाले ती चिकित्सको शव उनीहरूको छिमेकीले फेला पारेको बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

उनीहरू स्वास्थ्य मन्त्रालयका कर्मचारी भएको र उक्त नगरमा एक वर्षदेखि बसोबास गरिरहेको बताइएको छ ।

राती एक बजे ती चिकित्सक बसोबास गरिरहेको घरको पर्खाल नाघी अज्ञात आक्रमणकारी आइ उनीहरूको घाँटी काटेको अधिकारीहरुले जनाएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।