माघ २५ – सरकारका विरुद्ध आन्दोलन गरिरहेका विपक्षी दलले राजनीतिक दल बाहेकका व्यक्तिको नेतृत्वमा सरकार बनाउने प्रस्ताव नमान्ने बताएका छन् ।

नेपाली कांग्रेसका प्रवक्त दिलेन्द्रप्रसाद बडुले राजनीतिक दलब बाहेकका व्यक्तिको नेतृत्वमा सरकार बनाउने प्रस्ताव आफूहरुलाई मान्य नहुने जनाए तर पार्टीले आधिकारीक धारणा तय भने गरिनसकेको उनको भनाई छ ।

उनले राजनीतिक दलहरु भित्रैबाट प्रधानमन्त्री चयन गरिनुपर्ने आफुहरुको मान्यता रहेकाले बाहिरको व्यक्ति मान्य नुहने बताए ।

त्यस्तै, राष्ट्रिय जनशक्ति पार्टीका सहअध्यक्ष प्रकाशचन्द्र लोहनीले पनि अहिलेको अवस्थामा स्वतन्त्र व्यक्तीको नेतृत्वमा सरकार मान्न नसकिने बताए ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आज बसेको विपक्षी दलको बैठकले आन्दोलन सफल भएको भन्दै आन्दोलनका थप कार्यक्रम तय गर्न कार्यदललाई जिम्मा दिने निर्णय गरेको छ ।

विपक्षी दलहरुले आफूहरुले गरेको आन्दोलन सफल र उत्साहजनक भएको निष्कर्ष समेत निकालेका छन् ।

भोलि काठमाडौँमा हुने विरोधसभाका लागि तयारी पूरा भएको ठहर गर्दै उनीहरुले विरोधसभा भव्य बनाउने दाबी समेत गरेका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।