माघ – मेक्सिकोमा एक नौ वर्षीया बालिकाले छोरी जन्माएपछि उक्त खबरले निक्कै चर्चा पाएको छ ।

मेक्सिकोको जालिस्को राज्यकी ती बालिकाले छोरी जन्माएको कुराको पुष्टि स्थानीय अधिकारी र उनका परिवारले बुधबार गरेका हुन् ।

गर्भवती हुँदा जम्मा आठ वर्षकी रहेकी उनले आफू नौ वर्षको पुग्नासाथै आज छोरी जन्माएकी हुन् ।

गएको जनवरी २७ मा उनले स्थानीय जोकीपान नामको अस्पतालमा छोरीको जन्म दिएकी हुन् । नवजात शिशुको तौल २.७ किलोग्राम रहेको पनि अस्पताल स्रोतले जनाएको समाचार संस्था एफीएफले उल्लेख गरेको छ ।

ती बालिकाको श्रीमान भने १७ वर्षको रहेको बताइएको छ । तर ती युवक अहिले फरार छन्– ती बालिकाकी आमाले भनेकी छिन् । बालिकाको पूरा नाम भने दिइएको छैन । तर उनको स्वास्थ्य अवस्था ठीक रहेको र नवजात शिशुको स्वास्थ्य पनि राम्रो रहेको परिवारले जनाएको छ ।

ती बालिकाको विवाह भएको होइन तर एकजना १७ वर्षे युवकसँगको सहवास भएको जानकारी ती बालिकाले दिएकी छिन् ।

आफू बलात्कृत भएकी हुन वा उनी यौन शोषणमा परेकी हुन भन्ने बारेमा पनि ती बालिकाले केही बताएकी छैनन् । उक्त युवकको खोजीका लागि परिवारले स्थानीय अधिकारीलाई आग्रह गरेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।