माघ २३ – नेकपा एमालेका नेता केपी शर्मा ओलीले एमाओवादीले लोकतन्त्रको रक्षा गर्नु भनेको बाँदरले बाली जोगाउनु जस्तै भएको बताएका छन् ।

सरकार विरुद्धको आन्दोलनका क्रममा आज धनगढीमा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले एमाओवादीलाई लोकतन्त्रको जिम्मा दिएर कांग्रेस एमालेले पनि गल्ति गरेको समेत औल्याए ।

आमसभामा बोल्दै ओलीले माओवादीलको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्नै नसक्ने समेत बताएका छन् ।

ओलीले एमाओवादीको महाधिवेशनबाट पनि कुनै सहमतिको सुत्र आउनै नसक्ने समेत ठोकुवा गरेका छन् ।

नेतृत्व पनि उही हुने र सरकारमा हाली मुहाली पनि उसैगरी हालीमुहाली गर्ने भएकाले महाधिवेशनबाट कुनै पनि सहमतिको सुत्र नआउने उनले बताए । उनले सडक आन्दोलनको बलबाटै सरकार ढाल्ने चेतावनी दिएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।