२३ माघ । विश्व शिक्षा संस्थाको सहयोगमा बेसद्वारा सञ्चालित ‘स“गै सिकौ स“गै बढाँै’ परियोजनाअन्तर्गत बाल केन्द्रित सिकाइ प्रक्रियामा आधारित १० दिने तालिम सोमबार यहाँ सकियो ।

बा“के जिल्लाको बैजापुर तथा दाङको मानपुर र डुरुवा गाविसका २६ विद्यालयका २५ शिक्षक, शिक्षिका सहभागी रहेको तालिममा गुणस्तरीय शिक्षाका लागि बालबालिकालाई शिक्षण गराउने वैज्ञानिक विधिका विषयमा जानकारी गराइएको थियो ।

तालिम समापनका अवसरमा जिल्ला शिक्षा अधिकारी धनसिंह धामीले गुणस्तरीय शिक्षाका लागि थालिएको यो अभियानमा शिक्षा कार्यालयको पूर्ण सहयोग रहने बताउनुभयो ।

त्यस अवसरमा बेसका कार्यकारी निर्देशक चुर्णबहादुर चौधरी र परियोजना संयोजक सीमा आचार्यले बालबालिकाको शिक्षालाई प्रभावकारी बनाउन समुदायको सशक्तीकरण पनि आवश्यक छ भन्नुभयो । रासस

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।