माघ १८ – एकीकृत माओवादी अध्यक्ष पुष्पमकल दाहाल प्रचण्ड र उपाध्यक्ष बाबुराम भट्टराई पक्षीय कार्यकर्ताको विवाद कुटाकुटमा परिणत भएको छ।
रौतहटमा आज उद्घाटन भएको एमाओवादीको जिल्ला अधिवेशनका क्रममा अध्यक्ष पक्षीय र उपाध्यक्ष पक्षीय कार्यकर्ताबीच प्रतिनिधि छनोटका विषयमा कुटाकुट भएको हो । जिल्ला अधिवेशनका क्रममा कतै खानाका विषयमा दुई पक्षका कार्यकर्ता बीच झगडा हुँदै आएको थियो त कतै कुर्सीहानाहानको स्थिति आएको थियो ।
आज रौतहटमा भने कुटाकुट चलेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरले जानकारी दिएको छ ।
यही माघ २० गते अथवा आइतबारबाट हेटौँडामा हुने एमाओवादीको सातौँ अधिवेशनका लागि प्रतिनिधि छान्न भएको जिल्ला अधिवेशनका क्रममा दुई पक्षीय कार्यकर्ताबीच कुटाकुट भएको हो ।