माघ १८ – नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले सत्तामा गएरै डा. बाबुराम भट्टराई नेतृत्वको सरकारलाई परास्त गर्नुपर्ने धारणा सार्वजनिक गरेकी छन् ।
 


विराटनगरर विमानस्थलमा पत्रकार सँग कुरा गर्दै कोइरालाले भनिन ‘अहिलेको बाबुराम भट्टराई नेतृत्वको सरकारमा सहभागि भएर मात्र एकीकृत माओवादीलाई परास्त गर्न सकिन्छ । सडक संघर्षले वर्तमान राजनीतिक संकट समाधन हुन सक्दैन र बाबुराम नेतृत्वको सरकार पनि परास्त हुन सक्दैन ।’

कोइरालाले भनिन ‘दलहरुको आन्दोलनले देशमा मुठभेडको अवस्था सिर्जना हुन सक्छ । मुठभेटको सिर्जनाहुन बाट देशलाई रोक्नका लागि यही सरकारसँग सहकार्य गरेर अगाडि बढ्नुको विकल्प छैन ।’ कोइरालाले वर्तमान सरकारमा सहभागि भए मात्र एमाओवादीलाई सिध्याउँन सकिने विचार समेत राखेकी हुन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।