माघ १८ – तपाईं कसैलाई प्रेम प्रस्ताव राख्दै हुनुहुन्छ होस गर्नुहोस् किशोरीका बाबु त खतरा हुन्छन् नाङ्गै पारेर सिस्नुपानी लगाउँछन् ।
पत्याउँनु हुन्न भने उदयपुरका १५ वर्षीय रामचन्द्र कार्कीले प्रेम प्रस्ताव राखेको आरोपमा सिस्नुपानी सहित कुटाइ खानु परेको छ । उदयपुरको ताम्लिछा गाविस ३ का कार्कीलाई सँगै पढ्ने साथीका बाबु कृष्ण निरौलाले सिस्नोपानी सहित कुटपिट गरेका हुन । युवतीका बाबु कृष्ण निरौलाले आफ्नी छोरीलाई प्रेम प्रस्ताव राखेको आरोपमा कार्कीमाथि सिस्नुपानी लगाउँदै कुटपिट गरेको कार्कीका आफन्तले बताएका हुन् ।
कृष्ण निरौलाले रामचन्द्रका सबै लुगा खोलेर सिस्नुपानीले कुटपिट गरेको रामचन्द्रका आफन्तले बताएका छन् । एक स्थानीयले दिएको जानकारी अनुसार रामचन्द्रले निरौलाकी छोरीलाई पत्रमा भनेका थिए ुम तिमीलाई मन पराउँछु, तिमीले मलाई मन पराउछ्यौ कि पराउदिनौ रु, मन पराए पराउँछु भन, नपराए पराउँदिन भन।ु
Comments







