माघ १४ – युद्धकालमा नेपाली सेनाले भैरवनाथ गणमा गरेको ज्यादती लगायतका विषयमा निर्माण गरिएको नेपाली कथानक चलचित्र बधशाला सञ्चानलमा सरकारले रोक लगाउने तयारी गरेको छ ।

रक्षा मन्त्रालयले बधशालालाई प्रतिबन्ध गर्नका लागि सूचना तथा सञ्चाल मन्त्रालय तथा चलचित्र विकास बोर्डलाई पत्र लेखेको छ ।

आइतबार रक्षा मन्त्रालयले नेपाली चलचित्र बधशालामाथि प्रतिबन्ध लगाउँन सूचना तथा सञ्चाल मन्त्रालयलाई पत्रचार गरेको हो । रक्षामन्त्रालयका सचिव स्तरबाट आएको पत्रलाई सदर गर्दै उक्त चलचित्र प्रतिबन्ध गर्नका लागि पत्र पठाएको हो ।

रक्षा मन्त्रालयले लेखेको पत्रमा भनिएको छ ‘नेपाली सेनाबाट अनुरोध भई आए बमोजिम ‘बधशाला’ चलचित्रको सम्बन्धमा नेपाली सेनाको पोषक लगाई छायाङकन गरिएको लगायतका विषयमा सम्बन्धित निकायसँग स्वीकृती समेत नलिई तयार गरिएको हुँदा चलचित्र निर्माण प्रदर्शन तथा वितरण ऐन २०२६ र चलचित्र नियमावली २०५७ बमोजिम प्रदर्शनको लागि इजाजत प्रदान नगर्न’ अनुरोध गरिएको छ ।

रक्षा मन्त्रालयका शाखा अधिकृत इन्द्रिरेश दाहालले हस्ताक्षर गरेको पत्रमा बोधार्थका रुपमा श्री बलाधिकृत विभाग युद्धकार्य निर्देशनालय, अंगी अड्डा लेखिएको छ । चलचित्र बधशालाको निर्देशन मनोज पण्डितले गरेका हुन् । यसअघि पण्डितले निर्देशन गरेको चलचित्र दासढुंगा समेत सेन्सरमा परेको थियो ।

रक्षा मन्त्रालयले सूचना तथा सञ्चार मन्त्रालयका नाममा पत्र लेखेको हो । त्यस्तै अर्को पत्र सूचना तथा सञ्चार मन्त्रालयले चलचित्र विकास बोर्डका नाममा चलचित्र बधशाला सम्बन्धमा विषयमा लेखेको पत्रमा रक्षा मन्त्रालयले माघ ३ गते लेखेको पत्रमा नेपाली सेनाको पोसाक लगार्य छायाङ्कन गरिको तर सम्बन्धित पक्षसँग स्वीकृती नलिई तयार गरिएको हुँदा चलचित्र प्रदर्शनमा इजाजतपत्र प्रदान नगर्न अनुरोध गरिएको बेहोराको पत्र विकास बोर्डमा पठाइएको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।