माघ १४ – प्रहरीले नेपालमा प्रतिबन्धित भनिएको भारु ५०० र एक हजारको नोटसहित एक भारतीय व्यापारीलाई पक्राउ गरेको छ ।
भारत पश्चिम बङ्गालको सिलगढी चम्पासरीका २८ वर्षीय माछा व्यापारी अनिल महतोलाई शनिबार अपराह्न प्रहरीले काँकडभिट्टामा पक्राउ गरेको हो ।

उनको साथबाट हजारको ४७ थान र पाँचसयको ६०४ थान गरी रु तीन लाख ४९ हजार बरामद भएको प्रहरीले जनाएकोा छ ।

विर्तामोडमा माछा बिक्री गरी प्राप्त नेपाली नोटलाई काँकडभिट्टास्थित मनिचेन्जरमा सटही गरेर रकमसहित भारततर्फ जानेक्रममा महतोलाई काँकडभिट्टामा नियन्त्रणमा लिएको प्रहरीको भनाई छ ।

महतोलाई आवश्यक कारबाहीका लागि आज काठामाडौँस्थित राजस्व अनुसन्धान विभागमा पठाइने प्रहरीले जनाएको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।