माघ १४ – मन्त्री पदमा बहालवाला अवस्थामै अदालतले भ्रष्टचारी ठहर गरेपछि जेलमा रहेका फोरम गणतान्त्रिकका अध्यक्ष जयप्रकाश प्रसाद गुप्ताले माओवादीले गर्दा मधेसी समुदायको नेपाली सेनामा प्रवेशमा अवरोध पुगेको आरोप लगाएका छन् ।

सञ्चारमन्त्री भएको अवस्थामा भ्रष्टचारी ठहर भएपछि अहिले जेलमा रहेका उनले जेलबाटै प्रेस विज्ञप्ति जारी गर्दै यस्तो आरोप लगाएका हुन् ।

उनले विज्ञप्तिमा मन्त्री परिषदबाट सेनामा मधेसीको प्रवेशको अवधारणापत्र पारित गरेको तर एकीकृत माओवादीका कारण कार्यान्वयन हुन नसकेको उल्लेख गरेका छन् ।

गुप्ताले समावेशी विधेयक पनि माओवादीले पारित गर्न रोकिरहेको पनि आरोप लगाएका छन् । समावेशी विधेयकलाई मन्त्री परिषदले पारित गरिसकेको भएपनि यो सरकारले नै संसदको विधायन समितिमा थन्काएको उनको भनाई छ ।

गुप्ताले जेलबाटै मधेसीलाई नागरिकता दिन पनि माओवादीले आनाकानी गरिरहेको समेत उल्लेख गरेका छन् । गच्छदारले नागरिकता दिलाउन गृह मन्त्रालयमार्फत परिपत्र जारी गरे पनि कार्यान्वय गराउन नसकेको उनले जनाएका छन् ।

आजको मधेसी मोर्चाको ध्येय नै सत्तामा निरन्त्तर कायम रहनु भएको भन्दै उनले आपत्ति समेत जनाएका छन् ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।