माघ १४ – जिल्ला प्रहरी कार्यालय पर्साले भौराटार गाविसबाट हातहतियारसहित ठूलो परिमाणमा प्रतिबन्धित लागुपदार्थ गाजा बरामद गरेको छ ।
भौराटार गाविस– ९ मा परालको थुप्रोभित्र गा“जा लुकाएर भण्डारण गरिएको प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मनोहर भट्टको नेतृत्वमा खटिएको अपराध नियन्त्रण टोलीले शुक्रबार राति डेढ क्विन्टल गा“जासहित एक थान नलकटुवा बन्दुक बरामद गरेको प्रहरीले जनाएको छ ।
प्राप्त गाजा र बन्दुक कसले लुकाएर राखेको हो भत्रेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




