माघ ३ – पत्रकार हत्या विषयमा अनुसन्धान रोक्न खोजेको भन्दै प्रधानमन्त्रीको विभिन्न ठाउँबाट विरोध भईरहेको बेला आज चितवनबाट भने घाँस उपहार पठाएका छन् ।

चितवनका पत्रकारहरुले प्रधानमन्त्री बाबुराम भट्टराई पत्रकार डेकेन्द्रराज थापा को हत्या आरोपीको अनुसन्धान रोक्न खोजेको भन्दै बिरोधस्वरुप प्रमुख जिल्ला अधिकारीमार्फत् बन्सो घाँस उपचार पठाएका हुन् ।

प्रेस चौतारी नेपालको अगुवाई उक्त उपहार पठाउने काम भएको हो । चितवन प्रजिअमार्फत घाँस उपहार पठाउन पत्रकारहरु प्रजिअ कार्यालय पुगे पनि प्रजिअ बिदामा रहेकाले निमित्त प्रजिअ शिवलाल गेराललाई उक्त उपहार थमाएका थिए ।

सो क्रममा पत्रकारहरुले प्रशासन अगाडि आधा घण्टा धर्ना समते दिएका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।