काठमाडौं २३ भदौं
झण्डावाल सरकारका मन्त्रीकाे गाडीबाट बानेश्वरमा मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन ।

बा १ झ ७१६३ नम्बरको झण्डावाल गाडीको ठक्करबाट बा ४८ प ९२५० नम्बरको मोटरसाइकलमा सवार दुई जना घाइते भएका हुन् ।

सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टको सवार गाडीले मोटरसाइकलमा ठक्कर दिएको हो । घटना लगतै सर्वसाधारणले घेरेपछि मन्त्रीलाई प्रहरीले उद्दार गरेर भगाएको थियो ।
उद्धार नगरी भागेको भनेर उनको चर्को आलोचना समेत भईरहेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।