काठमाडौं २३ भदौ
पूर्वप्रधानमन्त्री तथा एमाले बरिष्ठ नेताको गृह जिल्ला हो रौतहट । रौतहटमा आगामी २ असोजमा हुने स्थानीय तहको निर्वाचनका लागि एमालेभित्र राजनीति भने यतिबेला मज्जाले नै चलेको छ  ।

आफ्नै गृहजिल्ला भएपछि नेपाल पक्षको त्यहाँ राम्रो संगठन नहुने कुरै रहने । तर, एमाले अध्यक्ष केपी ओलीले माधव नेपाललाई कमजोर बनाउन त्यहीँ नै धराप थापे । ओलीले धराप थापेनन् मात्रै, धरापमा नेपाललाई पार्न समेत सफल भए । धरापमा परेका नेपाल अहिले घाइते अवस्थामा छन् । 
ओली पक्षले पाएको उम्मेदवारको टिक

कुरो हो चन्द्रपुर नगरपालिकको । स्रोतका अनुसार त्यहाँ नेपाल पक्षलाई जसरी पनि टिकट नदिनु र दिनै पर्ने अवस्थामा विवादित बनाउनु भन्ने लाइन नेतृत्वबाट नै आएको थियो ।

सोही लाइन अनुसार टिकट दिने व्यक्ति ओली पक्षधर नै रहेका प्रदेश दुईका संगठन कमिटी संयोजक सत्यनारायण मण्डलले एउटा टिकट सुरुमै आफू पक्ष (ओली) का उद्धव प्रसाद रेग्मीलाई दिए भने अर्को टिकट नेपाल पक्षका बाबुराम दाहाललाइ पनि दिए ।

 एउटै पार्टीबाट दुई जनाले टिकट पाउनै नसक्ने भएपनि त्यहाँ विवाद बनाउनकै लागि यो सबै गरिएको थियो । दुई जनाले टिकट पाएको कुरा भने एक अर्कालाई थाहा थिएन ।

नेपाल पक्षले पाएको उम्मेदवारको टिकट
उम्मेदवारी दर्ताका क्रममा नेपाल पक्षका दाहाल तामझामसहित निर्वाचन कार्यालय पुग्दा सुरुमै ओली पक्षका रेग्मीले उम्मेदवारी दर्ता गरिसकेका थिए । एउटै पार्टीबाट दुई जनाले टिकट नपाउने भएपछि उनी हिस्स परे । यहीँ रडाकाले अहिले रौतटह एमालेमा हल्लीचल्लीको रेक्टर स्केल बढेको छ ।
यसले रौतहटमा मात्र नभएर सिंगो पार्टी भित्र पनि विवाद चर्किएर गएको छ । यतिसम्म कि पार्टी निकट पत्रकार संगठन प्रेस चौतारीका उपमहासचिव रामकुमार एलनले दुई वटा टिकट पाएको भनेर फेसबुकमा पत्र हाल्नेलाई कारबाही गर्ने चेतावनी आएको कुरा समेत खुलासा गरेका छन् । उनले पत्र दिनेलाई कारबाही नहुने तर फेसबुकमा हाल्नेलाई कारबाही हुने भन्ने अचम्म प्रकट पनि गरेको छन् ।

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।