सन्यासको घोषणा गरेका छन् । आइतबार बिहान उनले यस्तो निर्णय लिएका हुन् ।
‘मैले एकदिवसीयबाट सन्यास लिने निर्णय गरेको छु,’ तेन्दुलकरले एक
विज्ञप्तिमार्फत् भनेका छन्, ‘विश्व कप विजेता भारतीय टोलीको सदस्य भएर
मैले आफ्नो ठूलो सपना पूरा गरिसकेको छु।
गर्नुपर्छ । वर्षौ देखि मलाई समर्थन गरी माया गरिदिनु भएकोमा म सबैप्रति
आभारी पनि छु।’
गत वर्ष तेन्दुलकरको गृहनगर मुम्बईमा श्रीलंकालाई
पराजित गरी भारतले विश्वकप जितेको थियो। पछिल्लो तीन दशकमा भारतको यो
सबैभन्दा ठुलो सफलता थियो । पाकिस्तानविरुद्ध हुने एकदिवसीय शृंखलाका लागि
टोलीमा परेको भोलिपल्ट तेन्दुलकरले यस्तो निर्णय गरेका हुन् ।
१९८८ मा ‘डेब्यु’ गरेका उनले ४ सय ६३ खेलमा सबैभन्दा बढी १८ हजार ४
सय २६ रन बनाए। उनको नाममा ४९ सतक छ। एकदिवसीयमा रन र सतक दुवै
तेन्दुलकरका कीर्तिमान हुन्। त्यसबाहेक ९६ अर्धसतक पनि छ। उनको औसत ४४.८३ र
स्ट्राइक रेट ८६.१४ छ। तेन्दुलकरले ४४.४८ को औसतमा १ सय ५४ विकेट पनि
लिएका छन्।
तेन्दुलकर पहिलो एकदिवसीय खेलमा शुन्यमा आउट भएका थिए। वकार
युनिसको बलमा वसिम अक्रमले क्याच लिएपछि उनको पहिलो एकदिवसीय खेल दुई बलमै
टुंगिएको थियो। पाकिस्तानले कँराचीको गुजरानवालामा ८७ रन बनाएर पनि खेल ७
रनले जितेको थियो । न्युजिल्यान्डसँग दोस्रो एकदिवसीय खेल खेल्न पाउँदा पनि
तेन्दुलकरले खाता खोल्न सकेनन् ।
त्यसको विपरित उनको पछिल्ला दुई
एकदिवसीय खेल निकै उपयोगी रह्यो। यसै वर्ष बंगलादेशमा भएको एसिया कपमा उनी
अन्तिम पटक एकदिवसीयमा मैदानमा देखिए, जहाँ पछिल्लो दुई खेलमा उनले
बंगलादेशविरुद्ध १ सय १४ र पाकिस्तानविरुद्ध ५२ रन बनाए। (एजेन्सी) ।








