पुस ८ – प्रधानमन्त्री डा.बाबुराम भट्टराई काठमाडौँबाट ललितपुरको एक कार्यक्रमको उद्घाटनका लागि हेलिकप्टरमा गएका छन् ।
आइतबार ललितपुरको गोटिखेलमा एकीकृत सेवा केन्द्रको उद्घाटनका लागि प्रधानमन्त्री भट्टराई साथमा अर्थमन्त्री वर्षमान पुन, गृहसचिव नविन घिमिरे समते कार्यक्रममा पुगेका थिए । कार्यक्रम उद्घाटन पछि बोल्दै भट्टराईले भने ‘सरकार ढल्दैन, वैशाखमा चुनाव गराएरै छाड्छ ।’

प्रधानमन्त्री भट्टराईले आफू विरुद्ध षडयन्त्र भएको र भइरहेको समेत बताएका छन् । भट्टराईले भनेका छन् ‘म विरुद्ध विभिन्न ठाउँबाट षड्यन्त्र भएका छन्, अनर्गल प्रचारहरु गर्न थालिएको छ’ उनले जसले जेजे भने पनि तत्काल सरकार नढल्ले र चुनाव गरएरै छाड्ने अडान दोहोर्याए ।
भट्टराईले अन्य दललाई आफू नेतृत्वको सरकारमा आउँनका लागि फेरि आह्वान समेत गरेका छन् । भट्टराईले वर्तमान सरकारमा आएर सहमति खोज्नुको विकल्प नभएको बताएका हुन् ।
Comments