जिल्ला स्वास्थ्य कार्यालय बझाडले पुसको पहिलो साता जिल्लामा ६ महिना देखी २ वर्ष सम्मका बालबालीका लाई वितरण गरेको पौष्टिक आहार लिटो भिभाबकहरुले बालबालीका लाई खुवाएका छैनन् । किरा परेको पौष्टिक आहार स्वास्थ्य कार्यालयले जिल्लाका स्वास्थ्य संघ सस्था मार्फत वितरण गरेपनि लक्षित वालवालीकाका अधिकाँस बुबा आमाहरुले किरा परेको लिटोले छोराछोरी विरामी पर्ने डरले लिटो बच्चालाई नदिएको पाइएको छ ।
भैरबनाथ स्वास्थ्य चौकी बाट तिन दिन अगाडी आप्नो ६ महिनाको छोराका लागि लिएको १ पोका लिटो विरामी पर्ने डरले बच्चा लाई नदिएको मौलाली गाँउ विकास समिती रकैल घर भएकी भगवती देवी धामीले वताईन् । भगवती देवीले भनिन् लिटो बुझ्न आउ भनेर खबर दिएकाले एक पोका लिटो स्वास्थ्य चौकी बाट घरमा लिएर आएकी छु यो लिटोमा किरा परेको भन्ने पनि गाँउमा हल्ला खल्ला छ त्यसैले लिटो खुवाएमा बच्चा उल्टो विरामी पो पर्छकी भन्ने डरले लिटो खुवाइन् ।
लिटो खासै राम्रो थिएन उनले भनिन् त्यसैखेर फाल्नुभन्दा घरका अन्य ठुलो मान्छेले अलिकता चाख्दै सकिहाल्यो । किरा परेको लिटो वितरण हुदै छ भन्ने जिल्ला भरी हल्लाखला भएपछि उक्त लिटो खुवाएमा बच्चा विरामी पर्छ भन्ने होसीयारी गर्ने रकैलकी भगवती देवी धामी त एक उदारण मात्रै हुन । उनि जस्तै चैनपुरकी विना केसीले पनि आप्नो १० महिनाको नातीका लागि लगेको २ पोका लिटो नाती लाई नदिएर त्यसै राखेकी छन् ।