पुष ६ – दक्षिणपूर्वी केन्यामा भएको एक जातीय दङ्गामा कम्तीमा २८ व्यक्तिको मृत्यु भएको छ । अज्ञात व्यक्तिहरूले किपाओ गाउँमा गरेको आक्रमणमा २८ व्यक्तिको मृत्यु भएको प्रहरी प्रमुख आन्टोनी कामिटुले एएफपीलाई बताएका छन् ।

आदिवासी समूहबीचको सो दङ्गा गत ग्रीष्म ऋतुदेखि नै सुरु भएको थियो । तर हाल यी दुई समूहबीच केही अगाडिदेखि तनाव सुरु भएको समाचारमा जनाइएको छ ।

गत अगस्त र सेप्टेम्बर महिनामा भएको जातीय हिंसामा पनि एकसय भन्दा बढीको मृत्यु भएको समाचारमा उल्लेख गरिएको छ । तटीय प्रान्तीय प्रहरी प्रमुखले यस आक्रमणको पुष्टी गर्दै मृतकको सङ्ख्या बढ्नसक्ने समेत बताए । यस आक्रमणबाट कयौँ व्यक्ति घाइते भएको पनि बताइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।