पुष ६ – मङ्सिर २६ गते आगलागीमा परी घाइते भएका तनहुँ व्यास–११ निवासी २९ वर्षीय भरतसिं थापाको मृत्यु भएपछि मृतकका परिवारलाई रु १०–१० लाख र मृतकलाई सहिद घोषणा गरिने सहमति भएको छ ।

दमौलीस्थित बिपी वनवाटिकामा आयोजित आगोको सुरुङभित्रबाट मोटरसाइकल गुडाएर विश्व कीर्तिमान राख्ने कार्यमा सहयोगीको भूमिका निर्वाह गरेका थापाको बिहीबार राति मृत्यु भएपछि मृतकको शव जिल्ला प्रशासन कार्यालय अगाडि राखेर धर्ना दिइएपछि सहमतिका लागि वार्ता भएको थियो ।

वार्तापछि पत्रकारसँग कुराकानी गर्दै जिल्ला प्रहरी कार्यालय प्रमुख देवबहादुर बोहराले दुवै जनाले एकै घटनमा ज्यान गुमाउन पुगेकाले अघिल्लो बैठकमा भएकै सहमतिमा वार्ता टुङ्गिएको जानकारी दिए ।

सोही घटनामा परी व्यास–१ भादगाउँका २८ वर्षीय सुरेश पन्थको गत मङ्सिर २८ गते काठमाडौँ वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।