पुष ६ – डिसेम्बर २१ आजको दिनलाई वर्षकै सबैभन्दा छोटो दिन मानिन्छ । नेपालमा सूर्योदय र सूर्यास्तको बीचको समय अनुसार आजको दिन १० घण्टा २३ मिनेटको हुनेछ ।
डिसेम्बर २१ को दिनलाई पृथ्वीमा दक्षिणी गोलार्धमा दिन लामो र उत्तरी गोलार्धमा छोटो दिने हुने गर्छ । यसैलाई वैज्ञानिक रुपमा पनि वर्षकै सबैभन्दा छोटो दिन मानिन्छ ।
सूर्यलाई परिक्रमा गर्ने क्रममा आफ्नो अक्षमा पृथ्वीको ढल्काइका आधारमा सूर्यको प्रकाश पृथ्वीमा कम पर्ने भएकाले शुक्रबार दिन सबैभन्दा छोटो र रात लामो हुने गर्छ ।
सूर्यलाई परिक्रमा गर्ने क्रममा आफ्नो अक्षमा पृथ्वीको ढल्काइका आधारमा सूर्यको प्रकाश पृथ्वीमा कम पर्ने भएकाले आजको दिनलाई सबैभन्दा छोटो र रात लामो मानिन्छ ।
नेपालमा भने दिन छोटो भएसंगै आजदेखि औपचारिक रुपमा जाडो सुरु भएको मानिने गरिन्छ ।
Comments








