पुष ४ – छुरा प्रहारबाट प्यूठानमा एक युवकको हत्या भएको छ । उक्त घटनामा अर्का एक युवा घाइते भएका छन् ।
प्यूठानको ठूलावेशी बजार नजिक खुङ खोलामा दुई युवाले गएराति छुरा प्रहार गर्दा मोटरसाइकल चालक खुङ–४ निवासी २३ वर्षीय विज्ञान केसीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा परेर रमेश मल्ल घाइते भएको छन् । घटनाको कारण खुल्न सकेको छैन् । घटनामा संलग्न रहेको शंकामा प्रहरीले दुई युवालाई पक्राउ गरेको छ ।
प्यूठान लिवाङ ६ निवासी शंकर विक र सोहि ठाँउ निवासी शिव विकलाई प्रहरीले पक्राउ गरेको हो । घटनाको अनुसन्धान भैरहेको घटनास्थलमा खटिएका प्रहरीले बताएका छन् ।
Comments








