राम विश्वास/पुष ४ – राजनीतिक दलहरुले राष्ट्रिय सहमतिको सरकार निर्माण गर्न नसकिरहेको अवस्थामा एक समाजसेवीले भने आफूलाई प्रधानमन्त्री बनाइयोस् भन्दै राष्ट्रपतिसमक्ष बिन्ती पत्र बुझाएका छन् ।

राजनीतिक सहमतिका लागि राष्ट्रपति डाक्टर रामवरण यादवले दलहरुलाई चौथो पटक समय सिमा दिए पनि दलहरुबीच सहमतिको छाटघाट नदेखेपछि रौतहट गौर नगरपालिका वडा नम्वर ७ का हृदय नारायण यादवले आफूलाई प्रधानमन्त्री राष्ट्रपति समक्ष विन्ती पत्र बुझाएका हुन् ।

यादवले तीन पानाको लामो विन्ती पत्रमा दलहरु पैसा र पदका लागि मात्र राजनीति गरिरहेको आरोप लगाउंदै आफूलाई प्रधानमन्त्री बनाउन आग्रह गरिएको छ ।

राष्ट्रिय अखण्डतालाई जोगाउन समाज सेवीलाई प्रधानमन्त्री बनाउन आवश्यक भएकोे पनि विन्ती पत्रमा उल्लेख गरिएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।