पुस २ – कालिकोटको फुकोटमा बौलाहा कुकुरको टोकाइबाट नौजना बिरामी परेका छन् ।

गाउँमा छाडा अवस्थामा छोडिएका बौलाहा कुकुरले जथाभावी टोक्न थालेपछि स्थानीयवासीलगायत पशुपन्छीसमेत त्रसित भएका छन् ।

बिरामी पर्नेमा फुकोट–७ का गम दर्जी, मनिराम न्यौपानेलगायत रहेको स्थानीय राजेन्द्र बरालले जानकारी दिए ।

बिरामी परेकालाई जिल्ला अस्पताल कालिकोटमा रेविजविरुद्धको खोप दिइएको बताइएको छ । जिल्ला अस्पताल आकस्मिक कक्षका प्रदीप शाहीका अनुसार बिरामी परेका छजनालाई यसअघि उपचार गरिएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।