पुष २ – डोजरको ठक्करबाट दार्चुलामा एक जना चिनियाँको मृत्यु भएकोछ ।
दार्चुला शिखर–४ बलाचमा निर्माणाधीन चमेलिया जलबिद्युत आयोजनामा डोजरको ठक्करबाट एक चिनियाँ कामदारको मृत्यु भएको हो ।
काम गर्दै गरेका वेला डोजरले एक्कासि ठक्कर दिदा घाइते भएकी चिनियाँ मजदुर गोङ चिङको मृत्यु भएको हो ।
उनको डडेल्धुराको टिम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
चिङ मंसिर २९ गते घाइते हुनुभएको थियो भने उनको शव पोष्टर्माटमका लागि काठमाण्डौ लगिएको प्रहरीले जनाएको छ ।
प्रहरीले डोजर चालक राजेन्द्र खडायतलाई नियन्त्रणमा लिएको दार्चुलाका निमित्त प्रहरी प्रमुख बिचित्र शाहले बताए ।
Comments








