अबदेखि सरिफ बन्ने भन्दै छोटो लुगा नलगाउने घोषणा गरेकी नायिका सुष्मा कार्की आफ्नो घोषणा विपरित नै फेरि आइटम गर्लका रूपमा प्रस्तुत भइन् ।

विभिन्न लफडा तथा त्यस्तै क्रियाकलापबाट चर्चामा आईरहने आइटम गर्ल सुष्माले रामराजा दाहाल निर्देशित फिल्म ‘नेपथ्य’मा उत्तेजक भंगीमा नृत्य गरेकी हुन् ।

उनले उक्त चलचित्रमा आइटम गर्लकारुपमा डान्स गरेपनि आफूले छोटो कपडा नलगाएको ढिपी गर्न भने पछि परिनन् ।
केही चलचित्रमा अंग प्रदर्शन गरेपछि विवादमा आएकी उनले त्यसपछि छोटो कपडा नलगाउने घोषणा गरेकी थिइन् ।

तर अहिलेको नेपथ्यको गीतमा भने सुष्माले निक्कै उत्तेजक ड्रेसअपमा डान्स गरेकी छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।