पुस २ – पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको डन्डा जङ्गलमा सवारी दुर्घटनामा परी आज २ जनाको ज्यान गएको छ भने दर्जनौँ घाइते भएका छन् ।
उक्त स्थानमा आज बिहान करिब ७:३० बजे दुई यात्रुवाहक बस एकापसमा ठक्कर खाँदा दुर्घटना भएको हो ।
नारायणघाटबाट बुटवलतर्फ जाँदै गरेको ना३ख ५२२७ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको लु१ख ४९७४ नम्बरको बस एकापसमा ठक्कर खाँदा लु१ख ४९७४ नम्बरको बसका सहचालक सिद्धार्थनगर–९ भैरहवा बर्मेली टोलका उजेल भुसाल र एक महिला रहेको र निजको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।
ना३ख ४०११ नम्बरको गुडिरहेको ट्रकलाई लु१ख ४९७४ नम्बरको बसले ‘ओभरटेक’ गर्न खोज्दा सो दुर्घटना भएको प्रहरीको भनाइ छ ।
दुर्घटनामा परेका करिब ४० घाइतेको मध्यविन्दु अस्पताल डन्डा र कालीगण्डकी अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
Comments








