पुस २ – नेपाली काँग्रेसका कार्यकर्ताले एकीकृत नेकपा (माओवादी)का कार्यकर्तामाथि आक्रमण गर्दा अनेरास्ववियु (क्रान्तिकारी) का नेता घाइते भएको अभियोग लगाइएको छ ।

दुली– ६ मा आइतबार आयोजना गरिएको सहिद स्मृति मेलामा ती कार्यकर्ताले सुनियोजित तरिकाले आफूहरूमाथि आक्रमण गरेको घाइते तुलबहादुर देवकोटाले बताए । घटनामा सचिवालय सदस्य देवकोटा र नेपाल राष्ट्रिय मावि दुलीका शिक्षक गमबहादुर कुसारी घाइते भएको बताइएको छ ।

मेलाका प्रमुख अतिथि जनककुमार बाँठा (जेके)को नेतृत्वमा रहेका नेपाली काँग्रेस जिल्ला कार्य समिति सदस्य बलबहादुर जैसी, लोकेन्द्र जैसीलगायतको समूहले आक्रमण गर्दा शिक्षक कुसारीको हात भाँच्चिएको बताइएको छ ।

घाइते कुसारीको मग्मा गाविसमा प्राथमिक उपचार भइरहेको र थप उपचारका लागि जिल्ला अस्पताल सल्ले ल्याउने तयारी भइरहेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालयले भने घटनाबारे कुनै जानकारी नआएको बताएको राससमा उल्लेख छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।