पुस १ – मकवानपुर जिल्ला अदालतले पदमपोखरी गाविस–९ बस्ने अमरजित प्रधानलाई आफ्नै छिमेकी किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा १० वर्ष कैद र रु दुई लाख दण्डजरिवाना गर्ने फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश टेकनारायण कुवँरको एकल इजलासले ती बालिकालाई अभियुक्त प्रधानको सम्पत्तिबाट रु दुई लाख ५० हजार क्षतिपूर्ति भराउने निर्णय गरेको छ ।
प्रधानले गत भदौ १२ गते सो अनुचित कार्य गरेका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।