पोर्नस्टारबाट बलिउड नायिकाको रुपमा नाम कमाउँदै गरेकी सन्नी लियोनले एक कार्यक्रमका लागि एक करोड भारु माग गरेकी छन् ।

नयाँ वर्ष २०१२ को समापनमा हुन लागेको एक कार्यक्रमका लागि उनले उक्त रकम माग गरेकी हुन् । डिसेम्बर ३१ मा हुने उक्र कार्यक्रममा नृत्य प्रस्तुत गर्न उनले आफूलाई उक्त रकम चाहिने भनेपछि यो कुराले बजार निक्कै तोतेको छ ।

सन्नीले मात्रै होइन नायिका समिरा रेड्डीले पनि उत्तर प्रदेशको लखनउमा हुने एक कार्यक्रमका लागि ५० लाख भारु माग गरेको बताइएको छ ।

समिराले त अझ मात्रै १० मिनेटको लागि उक्त रकम माग गरेकी हुन् ।

यता, मुम्बईमा हुने अर्को एक कार्यक्रमका लागि पनि अभिनेत्री प्राची देशाईले ५० लाख नै माग गरेकी छन् ।

२०१२ लाई विदाई गर्न लागिएको अवस्थामा हुने कार्यक्रममा सेलिब्रेटीहरु बुकिङ हुने क्रमसँगै उनीहरुले माग गरेको पारिश्रमिकले निक्कै चर्चा पाएको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।