मंसिर ३० – अमेरिकी एक युवकले जथाभावी गोली चलाउँदा आफ्नी आमा सहित २७ जनाको मृत्यु भएको छ ।

अमेरिकाको न्युटानको एक स्कुलमा जथाभावी गोली चलाउँदा स्कुलका २० बालबालिका सहित २७ जनाको मृत्यु भएको हो । पेस्तोलले २६ जनाको ज्यान लिएपछि युवकले अन्तिममा आफैलाई गोली हानेका थिए ।

जथाभावी गोली चलाउँने युवक २० वर्षीया उडम लेन्ज भएको विभिन्न समाचार संस्थाहरुले उल्लेख गरेका छन् । बिहान आमालाई गोली ठोकेर  स्कुलमा प्रवेश गरेका उडमले दुई ओटा कक्षाकोठामा जथाभावी गोली चलाउँदा २० जना बालबालिकाको मृत्यु भएको हो ।

उक्त युवकले किन गोली चलाएको हो भन्ने कुरा अझै खुल्न सकेको छैन । युवकले आफूसँगै बस्ने युवकलाई समेत गोली हानेको छ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले रुँदै यो हत्याकाण्डले आफूलाई विक्षिप्त पारेको बताएको समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।