मंसिर ३० – संयुक्त राष्ट्रसंघले नेपालको राजनीतिकमाथि चासो व्यक्त गरेको छ ।

संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुनले राजनीतिक सहमतिका विषयमा चासो राखेका हुन् ।

एक वक्तव्य जारी गर्दै नेपालको राजनीतिक संकट समाधानका लागि राजनीतिक दलका बीचमा सहमति गर्नुको विकल्प नभएको मुनले सुल्झाएका छन् । मुनले जारी गरेको वक्तव्यमा सहमतीय सरकार गठन गर्न ढिलाइ गर्नु नहुने उल्लेख गरिएको छ ।

मुनले लेखेका छन् ‘राष्ट्रिय स्वार्थका लागि दलीय मतभेद अन्त्य गर्नै पर्छ ।’  

राजनीतिक दलहरुले दलीय स्वार्थभन्दा माथि उठेर सहमतिलाई आत्मासाथ गरेमा राष्ट्रिय सरकार गठन हुने विश्वास समेत व्यक्त गर्दै प्राप्त उपलब्धिलाई जोगाउँन सहमतिका लागि गम्भिर बन्न राजनीतिक दललाई सुझाव दिएका छन् ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।