मंसिर २२ – २०१२ को डिसेम्बर २१ मा संसार ध्वस्त हुँदैछ भनेर हल्ला भईरहेको बेला अस्ट्रेलियाली प्रधानमन्त्री जुलिया गिलार्डको एक भिडियोमा संसार ध्वस्त हुँदैछ भनि दाबी गरिएको सार्वजनिक भएपछि त्यसले सनसनी मच्चाएको छ ।
उक्त भिडियोमा प्रधानमन्त्री गिलार्डले संसारको अन्त्य अवश्यभावी रहेको भन्दै यस्तो प्रलयको दिन नजिकिइरहेको बताएकी छन् ।
डिसेम्बर २१ मा पृथ्वी ध्वस्त हुने हल्ला चलिरहेको अवस्थामा एक भिडियो सन्देशमा गिलार्डले अस्ट्रेलियाली जनतालाई सम्बोधन गर्दै माया पात्रोको भविष्यवाणी सही रहेको र संसार ध्वस्त हुने पक्का रहेको दाबी गरेपछि त्यसले सनसनी मच्चाएको थियो ।
जुन भिडियो हेर्नुहोस यस्तो छ:
भिडियोको यथार्थता :
उक्त भिडियोमा संसार कुन हिसाबले ध्वस्त हुन्छ भन्ने कुरा नखुलाइए पनि यो अवश्य नास हुनेछ भनियता पनि उक्त भिडियो सन्देशमा भनिएको कुरा भने सत्य होइन । एयूनेपालले उक्त भिडियोलाई संसार अवश्य ध्वस्त हुँदैछ भनेर समाचार छापेपछि कान्तिपुर एफएमको अनलाइनले समेत साभार गरेको थियो ।
प्रधानमन्त्री गिलार्डको उक्त भनाईलाई विदेशी सञ्चारमाध्यमले समेत छापेपनि उनीहरुले भने प्यारोडी भिडियो भनेर छापेका थिए । तर नेपाली सञ्चारमाध्यममा भने उक्त कुरा नखुलाईपछि एक प्रकारको त्रास फैलिन पुगेको थियो ।
प्रधानमन्त्रीले उक्त भिडियो प्यारोडी अर्थात वर्षको अन्ततिर हसाउन मात्र बोलेको हो भनेर उनका प्रवक्ताले समेत स्पष्ट पारिसकेका छन् ।