मङ्सिर २२ – मोर जिल्ला बुधनगर गाविसकी एक महिलाले गाई हत्या गरी फरार भएकी छन् ।

आफ्नो खेतको धानवाली खाएको आक्रोशमा बुधनगरकी ३० वर्षीया सरिता यादवले गाईलाई हँसियाले घोचेर हत्या गरेको प्रहरीले जनाएको छ ।

स्थानीय उमेश मण्डलको पालिएको गाईलाई घोचेर हत्या गरेको जानकारी पाएपछि प्रहरीको टोलीले पक्राउ गर्न जाँदा सरिता फरार भएको बताइएको छ ।

बुधनगर प्रहरी चौकीबाट खटिएको टोलीले सो मरेको गाई जिल्ला पशु कार्यालय मोरङमा परीक्षणका लागि पठाएको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।