मंसिर २१ – विभिन्न लफडा मच्चाएर त्यस्तै काममा प्रख्याती कमाएका पूर्वयुवराज पारस शाहलाई फेरि थाईल्याण्ड प्रहरीले पक्राउ गरेको छ ।
शाहलाई सुखमभितमा आफु बसेको होटलको कोठमा तोडफोड गरेको उजुरीका आधारमा फेरि प्रहरीले प्रक्राउ गरेको हो ।
अहिले भने शाहविरुद्ध नेपाली झन्डै ५६ लाख ८५ हजार ९ सय ४० रुपैयाँ बराबरको क्षति पुर्याएको होटल मालिकले उजुरी दिएको छ ।
यसअघि थाइल्याण्डको फुकेट अदालतले लागुऔषध मुद्दामा दोषी ठहर गर्दै उनलाई एक महिना सुधारगृहमा राख्न आदेश दिएको थियो । तर उक्त आदेशसँगै उनी पुनः अर्को मुद्धामा पक्राउ परेका हुन् ।
यसअघि उनले सुधार गृह जान छुटाएपछि स्वास्थ्य खराबीले सुधारगृहमा उपस्थित हुन नसकेको बयान दिएका थिए । त्यसलगत्तै उनी होटल मालिकको उजुरीको आधारमा पक्राउ परे । त्यसपछि उनलाई पक्राउ गरेर विमानमा राखेर बैंकक पठाएको थाईल्याण्डका सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
र यो पनि पढ्नुहोस
गाजा तस्करीमा, पारस शाह थाईल्याण्डको जेलमा
पारस शाह जेलबारेको अर्को नयाँ खुलासा: ‘उनी केटीसहित पक्राउ परेका थिए’