अमेरिकाको सान फ्रान्सिस्कोमा नाङ्गा-नाङ्गै प्रदर्शन…(भिडियोसहित पनि)

अधिकांश सार्वजनिक स्थलमा नग्न हिँड्न नपाउने प्रस्तावित कानुनको विरोधमा अमेरिकाको सान फ्रान्सिस्कोस्थित सिटी हलमा नाङ्गा नाङ्गै प्रदर्शन गरिएको छ ।

अर्को वर्षको फेब्रुअरी महिनादेखि त्यहाँका अधिकांश सार्वजनिक स्थलमा नग्न हिँड्न नपाउने कानुनको प्रस्ताव आएपछि त्यसको विरोधमा त्यहाँ प्रदर्शन भएको हो ।

त्यहाँ सुरुमा एक जना नांगै उत्रिए पनि त्यसपछि भने एकपछि अर्को गर्दै आधा दर्जन पुरुष र महिला पनि लुगा खोलेर प्रदर्शनमा उत्रिएका थिए ।


यसरी शरीर स्वतन्त्रताको नारा लगाउँदै उनीहरुले नांगै विरोध प्रदर्शन गरे पनि बोर्डले ५ का विरुद्ध ६ मतले यो कानुन पास गरेको छ ।

अब नयाँ कानुन लागू भएमा महोत्सव, पर्वहरुमा र समुद्र छेउका निर्धारित स्थानमा मात्र नाङ्गै हुन अनुमति दिइनेछ
नियम उल्लङ्घन गरे जरिवाना र धेरै पटक अटेर गरे जेलसमेत हाल्न सकिनेछ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।
  • 1 COMMENT

    1. If body is natural, then go back to nature, in wild, in jungle, where you will be free to be like gorilla, monkey and others. God have given us body and also He has given us brain to decimate what is right and what is wrong, where to do and where not to do, what to do and what not to do and so on – this is called wisdom which comes from deep conscience. Everyone needs to be waken and listen self-conscience, be consciousness / mindfulness. Do not follow the crowd for the sake of false feeling of “name and fame” – so that I would be known by media.

    Comments are closed.