मंसिर २१ – नेपालबाट सञ्चालित प्रमुख दुई टेलिभिजन च्यानल कान्तिपुरनेपाल टेलिभिजनलाई भारतमा प्रतिबन्ध गरिने भएको छ ।

आफ्नो विरुद्धमा कार्यक्रम प्रसारण गरेको भन्दै भारत केन्द्र सरकारले नेपालका कान्तिपुर नेपाल टेलिभिजनसहित विभिन्न देशका २४ टेलिभिजनमाथि प्रतिबन्धको तयारी गरेको हो ।

भारत सरकारले ति च्यानलमाथि भारतको छवि बिगारेको र साम्प्रदायिक सदभाव भड्काएको आरोप लगाएको छ ।

नेपालसँग सीमा जोडिएका भारतका उत्तरी राज्यमा हेर्न सकिने कान्तिपुर र नेपाल टेलिभिजले समाचार र धार्मिक कार्यक्रम मार्फत भारत बिरोधी गतिविधि गरिरहेको इन्टेलिजेन्स ब्यूरोको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यस्तै, विभिन्न २४ टेलिभिजनले नेपाल, पाकिस्तान र बंगलादेशसँग सीमा जोडिएका भारतीय राज्यहरुमा साम्प्रदायिकता फैलाएको र भारत बिरोधी सामाग्री प्रसारण पनि उल्लेख गरिएको छ ।

भारत विरुद्ध मनोवैज्ञानिक हतियारको रुपमा प्रयोग भएको भन्दै ब्यूरोले २४ टेलिभिजनको सुचि सरकारलाई प्रस्ताव गरेको हो । यसरी बन्दको सुचिमा पर्नेमा पाकिस्तानको सरकारी टेलिभिजन पिटीभी सहित १४ वटा पाकिस्तानी टिभी रहेका छन् ।

सरकारबाटै सञ्चालित नेपाल टेलिभिजन र नीजि क्षेत्रबाट सञ्चालित कान्तिपुर टेलिभिजनबन्द हुन लाग्दा नेपाल सरकारले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।